punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज ६ शताब्दिकै लामो चन्द्र ग्रहण, सूर्य र चन्द्रमाको बीचमा पर्दैछ पृथ्वी

Chaupati
safha napa

यो वर्ष शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण लाग्ने भएको छ । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ।

शुक्रबार लाग्ने चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ। चन्द्र ग्रहण आज दिउँसो एक बजे उच्च विन्दुमा पुग्ने छ। यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी योरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रबाट देख्न सकिने छ।

ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्वपूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्दा चन्द्र ग्रहण लाग्दछ ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । त्यहीँ खगोलीय घटनालाई चन्द्र ग्रहण भनिन्छ । चन्द्र ग्रहण पूर्णिमाको दिनमा मात्र लाग्दछ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । आजको चन्द्र ग्रहणपछि अब ८ फेब्रुअरी २६६९ का दिनमात्र यस्तै लामो चन्द्र ग्रहण लाग्नेछ।


३ मंसिर २०७८, शुक्रवार १०:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु