punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आरजुको क्षेत्रमा काँग्रेसमा तँछाडमछाड, सभापतिमा सात जनाको उम्मेदवारी

Chaupati
safha napa

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाको चुनाव क्षेत्र कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवार बन्न कांग्रेसी नेताहरूको तँछाडमछाड चलेको छ।

सुदूरको राजनीतिक केन्द्रको रूपमा हेरिएको प्रदेश राजधानी रहेको धनगढी उपमहानगरपालिका सहितको निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गर्नेहरूको लहर चलेको हो।

मंसिर ६ मा हुने क्षेत्रीय अधिवेशनका लागि कांग्रेस सभापति देउवापत्नी आरजुको क्षेत्रमा चिनिन र नजिकिन पनि उम्मेदवारी घोषणा गर्नेको ताँती नै लागेको हो।

अहिलेसम्म क्षेत्रीय सपभाति पदका लागि भीम पडाल, हरि रेग्मी, सन्तोष मुडभरी, बुद्धिबहादुर खड्का, हीरासिंह पातली, रूपबहादुर खड्का र ईश्वर जोशीले उम्मेदवारी घोषणा गरेका छन्।

एक पदका लागि अहिलेसम्म सातजनाले घोषणा गरिसकेका छन् ।


३ मंसिर २०७८, शुक्रवार ०९:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु