punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विद्यालय भवन भाँसिएपछि खेतमै पढाइ, खुला सौच

Chaupati
safha napa

गत असोज ३१ देखि ३ गतेसम्म परेको वर्षाले विद्यालयसहितको भवन भाँसिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ।

वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिएपछि हाल खेतमा कक्षा सञ्चालन भइरहेको छ।

अत्यधिक वर्षाले विद्यालयको भवन र जमिन भासिएको छ। विद्यालयमा कक्षा सञ्चालन गर्न सकिने अवस्था छैन। त्यसैले विद्यालय नजिकैको खेतमा पठनपाठन गर्नुपरेको प्रधानाध्यापक पुष्पराज जोशीले जानकारी दिए। उक्त विद्यालय २०५४ मा स्थापना भएको हो। हाल विद्यालयमा छात्रछात्रा गरी १७४ विद्यार्थी अध्ययनरत छन्।

विद्यालयको शौचालयसमेत पहिरोले पुरिएको छ। विद्यार्थी खुला रुपमा शौच गर्दैआएका छन्। जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर सिंहले चाँडै विद्यालय भवन निर्माण गरिने बताए।

नयाँ भवन निर्माणको बजेटबारे भने सिंह अनविज्ञ छन्।
बेताल आधारभूत प्राथमिक विद्यालयकै जस्तै खप्तडछान्ना गाउँपालिकामा–१ खाती गाउँस्थित जगदम्बा निमावीको आठ कोठे पक्की भवन पनि बाढीले बगाएपछि पठनपाठन खुल्ला चौरमा गर्नु परिरहेको छ। प्रधानाध्यापक लालबहादुर खत्रीका अनुसार हाल १६० विद्यार्थी चौरमा पढ्ने गरेका छन्।

वर्षाका कारण बाढीपहिरोले जिल्लाभरी ६५ विद्यालयमा आशिंक क्षति भएको छ। दुई विद्यालयमा पूर्णरुपमा क्षति पुगेको सामाजिक विकास कार्यालयका प्रमुख वीरबहादुर धामीले जानकारी दिए। भौतिक संरचनातर्फ १० करोड ८१ लाख बराबरको क्षति भएको छ।


२ मंसिर २०७८, बिहीवार १६:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु