punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डुंगा दुर्घटना : बेपत्ता बालक अझै भेटिएनन्

Chaupati
safha napa

महाकाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका एक बालकको अवस्था अझै खुल्न सकेको छैन।गत कात्तिक १० गते शिवनाथ गाउँपालिका–१ स्थित महाकाली नदीको खाँडघाटमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका शिवनाथ–१ कै ८ वर्षीय सन्दीप साउद बेपत्ता भएका थिए।

बेपत्ता भएका सन्दीपको अवस्था अझै अज्ञात रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

यसका साथै भारतीय प्रहरीसँग समेत सहयोग मागिरहेका भए पनि सन्दीप अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ। डुंगा चढेर भारततर्फ गइरहेका वेला कात्तिक १० गते दुर्घटना हुँदा शिवनाथ–१ कै १३ वर्षीया मीना साउदको भने मृत्यु भएको थियो।

दुर्घटनामा परेर बेपत्ता भएका मीना पनि कात्तिक ११ गते महाकाली नदीको पारी भारतमा मृत फेला परेकी थिइन्। उनको सोही दिन भारतमै आफन्तले अन्त्येष्टि गरेका थिए। १० जना सवार डुंगा पल्टिँदा ८ जना पौडिन सफल भएका थिए।

दशैँको पूजाका लागि शिवनाथ आएका चक्रसिंह साउदको परिवार लामो समयदेखि भारतको पञ्जाबमा बस्दै आएकाले कात्तिक १० गते भारत जान लागेका वेला डुंगा दुर्घटनामा परेको हो।

महाकाली नदीमा पुल नहुँदा तल्लोसोराडका स्थानीयले जोखिम मोलेर डुंगाबाट महाकाली नदी तर्दै आएका छन्। जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका र भारत आवतजावत गर्दा महाकाली नदीमा पुल नहुँदा डुंगाको सहायताले वारपार गर्ने गर्छन्।


२८ कात्तिक २०७८, आइतवार १३:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु