punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तीन बुँदे कार्यान्वयन नभए फेरि विद्रोह गर्छौं : विप्लव

Chaupati
safha napa

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले गरेको तीन बुँदे सहमती कार्यान्वयन नभए फेरि विद्रोहमा उत्रिने चेतावनी दिएका छन् । शनिबार धनगढीमा सुरु भएको दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले सरकार आफैले गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न पन्छिरहेको बताए । ‘एक वर्षसम्म पनि सहमती कार्यान्वयन भएको छैन,’ उनले भने, ‘यति अब पनि सहमति कार्यान्वयन गर्न आनाकानी गरे फेरि विद्रोहमा उत्रिन्छौं । त्यसको जिम्मेवारी सरकार हुन्छ ।’ उनले सरकार फेरि पनि नेकपालाई घेराबन्दीमा पार्न खोजिरहेको आरोप लगाए ।

साथै महासचिव विप्लवले आफूहरुको एजेण्डा जनमत संग्रह नै भएको बताए । सरकारसँग वार्ता गरे पनि यो संविधान नमान्ने भन्दै उनले भने, ‘वार्तामा संविधान मान्नुपर्छ भन्ने सहमति भएको छैन । आफूहरूको एजेण्डा भनेको नै जनमत संग्रह हो ।’ उनले सदीय व्यवस्था पूर्ण रूपमा असफल भइसकेको बताए । आफ्नो पार्टी कुर्सीमा बस्न नजन्मेको भन्दै उनले जनमत संग्रहका लागि संघर्ष गर्ने बताए ।

यस्तै उनले सरकारले विप्वलको पार्टीसंग हतियार भएको भनेर गलत प्रचार गरेको बताए । अहिले चौतर्फी रूपमा विप्लवसँग हतियार छ भन्ने आवाज उठ्न थालेको बताउँदै उनले आफ्नो पार्टीसँग कुनै हतियार नभएको बताए । सरकारले पार्टीमाथि प्रतिबन्ध लगाउँदा कुनै चौकीमाथि आक्रमणका घटना नभएको भन्दै उनले प्रश्न गर्दै भने, ‘हामीले कुनै विदेशीसँग पनि सहयोग मागेनौं, अनि कसरी हतियार हुन्छ ? सरकारले बिना प्रमाण आरोप लगाएको उनको दाबी छ ।

साथै उनले माओवादी केन्द्रसंग एकता सम्भव रहेको बताएका छन् । तर, उनले जनतालाई अल्मल्याउने, झुक्याउने, पैसा र पदको प्रलोभन छोडेर जनताका पक्षमा पार्टी लाग्नुपर्ने बताए । ‘कुर्सी कब्जा गर्नका लागि मात्र हामी एकता गर्दैनौं,’ उनले भने, ‘सम्पूर्ण देशभक्तले वैदेशिक हस्तक्षेप विरुद्ध लड्नका लागि एकजुट हुनुपर्छ ।’


२७ कात्तिक २०७८, शनिवार २०:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु