punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेस महाधिवेशन : कैलालीका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन

Chaupati
safha napa

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कैलालीका १२६ मध्ये अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

जिल्ला सभापति नरनारायण शाहले ९० वडामा सर्वसम्मत नेतृत्व चयन भएको र २५ वडामा चुनावी प्रक्रियाबाट नेतृत्व चयन भइरहेको बताए । उनले बाँकी ११ वडामा सहमतीको प्रयास भइरहेको जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिकाका पनि अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। वडा नम्बर ४, वडा नम्बर १९ लगायतका केही वडामा भने निर्वाचन भइरहेको छ ।

कैलालीमा कार्तिक ३० गते पालिका अधिवेशन हुने छ भने मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुने छ। मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशन तोकिएको छ।

 


२७ कात्तिक २०७८, शनिवार १९:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु