गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु
कैलालीमा गाडीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको लम्कीचुहा नगरपालिका– १० गुलरामा टोइटा लेन्ड क्रृजरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो।
मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको काठमाडौं कागेश्वरी नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ५७ का नवराज फुयालले चलाएको प्रदेश ०१–००२ झ ५२८४ नम्बरको टोइटा लेन्ड क्रृजरले उनलाई ठक्कर दिएको हो।
गाडी र गाडी चालक फुयाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।
२७ कात्तिक २०७८, शनिवार १६:५२ बजे प्रकाशित































