punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मंसिर १ देखि सानेपामा अनसन बस्ने डडेल्धुरा कांग्रेसको घोषणा

Chaupati
safha napa

नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले केन्द्रीय निर्वाचन समितिको भूमिकामाथि प्रश्न उठाएका छन् । उनले पार्टीको केन्द्रीय सभापति शेरबहादुर देउवाको निर्देशनमा समितिले काम गरिरहेको आरोप लगाए ।

डडेल्धुरामा आफूहरुको बहिस्कारकाबीच भएको अधिवेशनलाई समितिले वैधता दिन नसक्ने दावी गरे । ‘हामीले लिखित रुपमा सप्रमाण निर्वाचन समितिमा उजुरी दिएका छौं, के कति कारणले डडेल्धुराको अधिवेशन वैध भएको हो, समितिले हामीलाई पनि जानकारी गराउनुपर्छ,’ जिल्ला सभापति मल्लले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै भने, ‘केन्द्रीय सभापतिको निर्देशनमा समितिले काम गरिरहेको हो कि भन्ने हामीलाई लागेको छ ।’

डडेल्धुरा जिल्ला कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाको गृहजिल्ला हो । डडेल्धुरामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असहमतिका बीच भएको वडा र पालिका अधिवेशनलाई निर्वाचन समितिले वैधता दिएको छ ।

डडेल्धुरा जिल्ला सभापति मल्लले आफूहरुको माग सुनुवाइ नभएको भन्दै मंसिर १ देखि पार्टी कार्यालय सानेपामा अनसन बस्ने घोषणा गरे । ‘११ दिन हामी पार्टी कार्यालय डडेल्धुरामा अनसन बस्यौं, त्यसको पनि कुनै सुनुवाइ भएन,’ उनले भने, अब हामी डडेल्धुरा जिल्लाका सबै वडाका क्रियाशील सदस्यहरु सानेपामा अनसन बस्छौं ।’

डडेल्धुरामा एकपक्षीय रुपमा अधिवेशन भएको भन्दै सभापति मल्ल पक्षले फेरि अधिवेशन हुनुपर्ने माग गर्दै आएको छ । तर निर्वाचन समितिले भने डडेल्धुरा जिल्लाको वडा र पालिका अधिवेशनलाई वैधता दिँदै महाधिवेशन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

समितिको पछिल्लो संशोधित कार्यतालिकामा डडेल्धुरामा मंसिर ३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने उल्लेख छ । वडा र पालिका अधिवेशन सम्पन्न भएका ४६ जिल्लामा सोहि मितिमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको वडा अधिवेशन नभएका जिल्लामा शनिवारदेखि अधिवेशन प्रक्रिया शुरु भएको छ । देशभरका १३ जिल्लामा कांग्रेसको वडा अधिवेशन हुन बाँकी छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।


२७ कात्तिक २०७८, शनिवार १४:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु