कैलालीका ३७ वडामा काँग्रेसको निर्विरोध नेतृत्व चयन
नेपाली काँग्रेसको १४औं महाविेशन अन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु भएको छ। जिल्लाका १२६ वडामध्ये अहिलेसम्म ३७ वटा वडामा निर्विरोध नेतृत्व चयन गरिएको छ ।
धनगढी उपमहानगरपालिकाका ६ वटा वडासहित ३७ वडा निर्विरोध रुपमा नेतृत्व चयन गरिएको नेपाली काँग्रेस कैलालीले जनाएको छ । सहमती हुन नसके बाँकी वडामा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गरिने जिल्ला सचिव नृप सुनारले जानकारी दिए ।
सहमती नजुटेका अधिकांश वडामा मतदानमार्फत नेतृत्व चयन गर्नुपर्ने भएकाले निर्वाचन समिति त्यसको तयारीमा जुटेको उनले बताए।
२७ कात्तिक २०७८, शनिवार १४:०५ बजे प्रकाशित































