punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका काँग्रेस सभापति शाहको वडामा वडा कार्यसमितिसहित सबै निविरोध

Chaupati
safha napa

नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति नरनारायण शाह ‘मनु’को वडा धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा वडा कार्यसमितिसहित सबै निर्विरोध निर्वाचन भएका छन् । वडा सभापतिसहितको कार्यसमिति र ६९ जना क्षेत्रीय प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार विहान भएको वडा अधिवेशनबाट गणेश वम सभापति छानिएका छन् । उनको नेतृत्वमा ३२ सदस्यीय कमिटी बनेको छ ।

यस्तै गरेर सो वडाबाट ६८ जना क्षेत्रीय प्रतिनिधि छानिएका छन् । सभापति शाह, प्रदेश सभा सदस्यहरु टेकबहादुर रैका र दिव्वेश्वरी शाह भने स्वतः प्रतिनिधि हुने व्यवस्था अनुसार स्वतः प्रतिनिधि छानिएका छन् ।

सो वडाबाट वर्तमान जिल्ला सचिव पूर्ण कुँवर, प्रचार विभाग प्रमुख नृप सुनार पनि क्षेत्रीय प्रतिनिधि छानिएका छन् ।

प्रतिनिधिमा वडाध्यक्ष नरबहादुर बम, यादवप्रसाद जोशी, भीमबहादुर शाह, यज्ञराज उपाध्याय, गजराज पाण्डे, वसव्यवसायी टेकराज जोशी, उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझालगायत छानिएका छन् ।


२७ कात्तिक २०७८, शनिवार १०:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु