punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एक सातामा ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Chaupati
safha napa

नेपाली बजारमा सुनको मूल्य एक सातामै ह्वात्तै बढेको छ । एक सातामै सुनको तोलामा १९०० ले बढेको छ ।

गत सोमबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँ पुगेको हो ।

सुनचाँदी व्यवसाय महासङ्घका अनुसार गत सोमबारको तुलनामा हिजो शुक्रबार सुनको मूल्य १९०० रुपैयाँले बढेको हो । अहिले तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै अहिले चाँदीको मूल्य १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


२७ कात्तिक २०७८, शनिवार १२:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु