सेती असपतालमा थप ४ जनामा कोरोना पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा २५ नमूनाको कोरोना परिक्षण गरिएकोमा ४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन ।
हाल अस्पतालमा ४ कोरोना संक्रमति उपचाररत रहेका छन ।जसमध्ये २ कोरोना संक्रमितको आइसियु र १ कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
२५ कात्तिक २०७८, बिहीवार १३:५५ बजे प्रकाशित































