सुनको भाउ पाँच महिनायताकै उच्च
बिहीबार नेपाली बजारमा सुनको भाउ पाँच महिनायताकै उच्च विन्दुमा पुगेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य गत जेठयताकै उच्च हो।
बुधबारको तुलनामा छापावाल सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढेको हो।त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९३ हजार ५०० रुपैयाँ पुगेको छ।बिहीबार चाँदीको भाउ पनि दुई महिनायताकै उच्च विन्दुमा पुगेको छ। बिहीबार चाँदी प्रतितोला १२७० रुपैयाँमा कारोबार भइरहेको छ।
२५ कात्तिक २०७८, बिहीवार १३:४२ बजे प्रकाशित































