punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Chaupati
safha napa

कैलालीमा मंगलबार राती चक्कु प्रहारबाट एक युवकको हत्या भएपछि बुधबार बिहानै देखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।जिल्लाको लम्कीचुहा नगरपालिका-१ का भुपेन्द्र बडुवालको मंगलबार करिब ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको थियो।

उनको मृत्युपछि उनका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै बिहानैबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।

उनले घटनास्थलबाट मृतकको मोटरसाइकल र एकथान स्कुटी बरामद गरिएको बताए । प्रहरीले घटनाको अनुसन्धानका लागि केही ब्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेको जनाएको छ ।


२४ कात्तिक २०७८, बुधवार ०८:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु