punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टीकापुर युवक हत्या प्रकरण : चार जना पक्राउ

Chaupati
safha napa

कैलालीको टीकापुरमा मंगलबार राति चक्कु प्रहार गरेर एक युवकको हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले युवकको हत्यामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरीले उनीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको भन्दै तत्काल नाम सार्वजनिक नगर्ने जनाएको छ ।

टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै मंगलबार राति दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या गरिएको थियो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले पूर्व रिसिबीलाई लिएर दुवै समूहबीच भएको झडपका क्रममा बडुवालको चक्कु प्रहार गरेर हत्या गरिएको बताए ।

 


२४ कात्तिक २०७८, बुधवार ०८:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु