punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तिहारमा बैतडी प्रशासनले गरेन बजार अनुगमन

Chaupati
safha napa

चाडपर्वका बेला हुने कालोबजारी रोक्न गरिने बजार अनुगमन तिहारमा बैतडी प्रशासनले गरेन।जिल्ला प्रशासनको नेतृत्वमा संयुक्त बजार अनुगमन समितिले यसअघि दसैंमा अनुगमन गरेको थियो।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे गएको एक महिनादेखि जिल्लाबाहिर रहेका र अन्य सरोकारवाला निकाय पनि तिहारभन्दा अगाडी नै बिदामा रहेकाले अनुगमन हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

उनले भने, ‘प्रजिअ सर नि बाहिर हुनुहुन्छ, म एक्लै बजार अनुगमनमा जाने कि, कार्यालयमा बस्ने, हाम्रो त कुनै अर्को कर्मचारी पनि पठाउथ्यौं, अन्य सरोकारवाला कार्यालयका कर्मचारी पनि बिदामा रहेकाले तिहारमा अनुगमन गर्न सकिएन्।’

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारबारे जानकारी दिन अनुगमन गरिन्छ।तिहारमा बजार अनुगमन नहुँदा महँगी र कालोबजारी बढेको गुनासो उपभोक्ताबाट आइरहेको छ।

नियमित रुपमा अनुगमन गर्नुपर्ने सरोकारवालाको भनाइ छ। यसअघि नियमित रुपमा बजार अनुगमन हुने भनिए पनि तिहारमा अनुगमन हुन नसकेको हो।उपभोक्ताको खाद्य अधिकार सुनिश्चित गर्न र कालोबजारी रोक्न नियमित बजार अनुगमन गर्नुपर्ने नागरिक समाज बैतडीका सचिव कर्ण दयालले बताए।

प्रभावकारी अनुगमन गर्नुपर्नेमा उनको जोड छ। उनले भने, ‘कालोबजारी रोक्न बजार अनुगमन नियमित गर्नुपर्छ, औपचारिकताका लागि मात्र अनुगमन हुनु हुँदैन।’बजार अनुमगन हुने गरेको भएपनि सदरमुकामकेन्द्रित मात्र हुने गरेकोले ग्रामीण बजारमा समेत हुनुपर्ने उपभोक्ताको माग छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखक बजार अनुगमनले व्यापारी र उपभोक्ता दुवैलाई सचेत गराउने विश्वास गर्छन्।व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न आग्रह गरिएको छ भने उपभोग्य मिति र लेबल हेरेर मात्र किन्न उपभोक्तासँग आग्रह गरिएको छ।

यसअघि गत असोजमा दसैंलक्षित र भदौमा गरिएको अनुगमनका क्रममा २ लाख ५० हजार मूल्य बराबरका अखाद्य तथा म्याद गुज्रेका सामग्री बरामद गरिएको थियो।

 


२० कात्तिक २०७८, शनिवार ०८:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु