punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय जनगणना : बैतडीमा मूल गणनाको तयारी पूरा

Chaupati
safha napa

राष्ट्रिय जनगणना २०७८ अन्तर्गत बैतडीमा पनि कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मूल गणना हुने भएको छ।मूल गणनाका लागि तयारी पूरा भएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए।३ सय १५ जना गणकलाई तालिम दिएर कात्तिक २५ गतेदेखि काम गर्ने गरि आवश्यक सामग्रीसहित फिल्डमा खटाइसकेको र उनीहरूसँगै ८० जना सुपरीवेक्षक पनि खटिने भएका छन्।

उनले भने, ‘गणकहरूले जनगणनाका बेला गर्नुपर्ने कामबारे कात्तिक १३-१६ सम्म तालिममा सिकाइएको थियो,’ उनले थपे, ‘कात्तिक २३ र २४ गते सुपरिवेक्षकले गणकलाई कार्यक्षेत्र देखाउनेछन्, कोही नछुट्ने गरि गणक खटाउनेछौं।’

छनोट भएका ३ सय १५ गणकमध्ये दशरथचन्द नगरपालिकामा ६५ जना, पाटन नगरपालिकामा ३६ जना, मेलौली नगरपालिकामा २७ जना र पुर्चौंडी नगरपालिकामा ४० जना खटाइएका छन्।

यस्तै सुर्नया गाउँपालिकामा २५ जना, दोगडाकेदार गाउँपालिकामा २८ जना, डिलाशैनी गाउँपालिकामा २८ जना, सिगास गाउँपालिकामा २६ जना, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा २१र२१ जना गणक खटाएको हो।

गणकले प्रश्नावलीसहित घरघरमै गएर परिवारमूलीबाट सूचना संकलन गर्ने बताइएको छ।८० प्रश्नसहित गणक घरघरमा आउँदा उनीहरूलाई सही सूचना दिन पनि सबैसँग आग्रह गरिएको छ।जनगणनालाई प्रभावकारी बनाउन जिल्ला जनगणना कार्यालयका साथै जिल्लाका ४ ठाउँमा स्थानीय जनगणना कार्यालयसमेत सञ्चालनमा ल्याइएका छन्।

पाटन नगरपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा स्थानीय जनगणना कार्यालय र जिल्ला जनगणना कार्यालयभित्रै दशरथचन्द नगरपालिकाको स्थानीय जनगणना कार्यालय पनि सञ्चालनमा छ।

भदौ ३० गतेदेखि असोज १८ सम्म सञ्चालित राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो।पहिलो चरणमा ४९ हजार ७ सय ६१ परिवार सूचीकृत भएका छन्।‘मेरो गणना, मेरो सहभागिता स् राष्ट्रिय जनगणना २०७८’ नारासहित जनगणना भइरहेको हो।


२० कात्तिक २०७८, शनिवार ०८:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु