घट्यो सुनको मूल्य
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले घटेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९० हजार ७०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार १५० मा कारोबार हुनेछ जुन आइतबार प्रतितोला ९० हजार २५० मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य आइतबारको तुलनामा पाँच रुपैयाँले बढेको छ। चाँदी आइतबार प्रतितोला एक हजार १७५ मा कारोबार भएको थियो भने आज प्रतितोला एक हजार १८० मा कारोबार हुनेछ ।
२५ असोज २०७८, सोमवार १२:४३ बजे प्रकाशित































