punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागु औषधसहित तीन जना पक्राउ

Chaupati
safha napa

महेन्द्रनगर बजार क्षेत्रबाट लागु औषध सहित तीन जना पक्राउ परेका छन। शुक्रबार भीमदत्त नगरपालिका ४ बजार १८ बागबाणी क्षेत्रबाट तीन युवकलाई लागु औषध सहित पक्राउ गरेको हो।गल्ली नम्बर १ स्थित कञ्चन सेकुवा होटल पछाडी क्षेत्रबाट भीमदत्त नगरपालिका १५ का मनोज शाहु, १८ का बिनो धामीलाई पक्राउ गरिएको छ।

उनीहरुको साथबाट ५ एमफुल फिनारगन, ५ एमफुल रेक्सोजिसिक, ४ एमफुल डाइनोप्याम बरामद गरिएको प्रहरीले जनाएको छ। भीमदत्त नगरपालिका १८ बागवाणी क्षेत्रबाट धमर नेपालीको साथबाट २४ एमफुल फिनारगन, २४ एमफुल रेक्सोजेसिक, र १० एमफुल डाईनोप्याम बरामद गरिएको छ।

बरामद गरिएको लागु औषध र तीन जनलाई थप कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाईएको छ ।

 


२३ असोज २०७८, शनिवार १८:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु