सुदूरपश्चिमका १९ जनामा कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा एक हजार ८९७ नमुनोे परिक्षण गर्दा १९ जनामा संक्रमित पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको हो ।
निर्देशनालयका अनुसार ८३ वटा नमुना पिसिआर विधिबाट परिक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । भने ६७ जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । यस्तै एक हजार ८१४ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ३ जनामा पोजेटिभ देखाएको छ ।
भने एक हजार ८११ जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ । हाल सम्म सुदूरपश्चिममा कोरोना संक्रमणबाट ५९७ जनाको मृत्यु भएको छ ।
२३ असोज २०७८, शनिवार १८:०० बजे प्रकाशित































