सेती अस्पतालमा १४ जनामा कोरोना पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७१ जनाको नमूना परिक्षण गरिएकोमा १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।
हाल अस्पतालमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको आइसियुमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।
२३ असोज २०७८, शनिवार १३:२३ बजे प्रकाशित































