punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाली फिल्ममा सुनील सेट्टी

Chaupati
safha napa

नेपाली एक्सन फिल्म ‘एक्स ९ : लेभल वान’ मा बलिउड अभिनेता सुनील सेट्टी खेल्ने लगभग पक्का भएको छ। मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्ममा सुनीलले खलपात्रको भूमिका निर्वाह गर्ने बताइएको छ।

शुक्रबार आफ्नो सामाजिक सञ्जालमा सुनील सेट्टीसँगको फोटो सार्वजनिक गर्दै निर्देशक भट्टले एक्स ९ का लागि सुनील सकारात्मक रहेको उल्लेख गरेका छन्।सुनीलले आफ्ना यसअघिका सबै फिल्म हेरेको र काम गर्ने शैली मन पराएको पनि भट्टले बताएका छन्।

सन १९९२ मा बलवानुबाट बलिउडमा प्रवेश गरेका सुनीलले मलयालम, कन्नड, तेलुगु, मराठी फिल्ममा पनि अभिनय गरेका छन्।ठूलो लगानीमा बन्न लागेको यो फिल्मका लागि सौगात मल्ल, अनमोल केसी, पुष्प खड्कालगायतका कलाकार पक्का भइसकेको छन्।

फिल्मको घोषणादेखि नै सुनील सेट्टी पनि फिल्ममा हुने चर्चा छ। मौखिक सम्झौता भइसकेको र केही दिनमा लिखित सम्झौता हुने निर्माण पक्षले जनाएको छ।मुकुन्दको निर्देशनमा यसअघि लप्पन छप्पनु प्रदर्शनमा आइसकेको छ भने ुलप्पन छप्पन २ु प्रदर्शन मिति पर्खिरहेको छ।


२३ असोज २०७८, शनिवार १३:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु