महाकाली अस्पतालमा सुत्केरीको मृत्यु, अस्पतालले लापरबाही गरेको आरोप
कञ्चनपुरको महाकाली अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ। शनिबार बेदकोट नगरपालिका–९ की २४ वर्षीय भागरथी साउँद धामीको मृत्यु भएको हो।बच्चा जन्माइसकेपछि साल नझरेको र धेरै रगत बगेपछि उनको मृत्य भएको महाकाली अस्पतालका मेसु हरिकुमार श्रेष्ठले बताए।
उनका अनुसार अक्सिजनको मात्रा कम भएपछि शनिबार बिहान १ बजे सुत्केरीको मृत्यु भएको हो। बच्चाको स्वास्थ्य अवस्था समान्य रहेको डा.श्रेष्ठले बताए।
मृतकका आफन्तले महाकाली अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन्। बच्चाको हेरचाह र घटनाको छानविन गर्न धामीका श्रीमान महेन्द्र धामीले आग्रह गरेका छन्।
अहिले पीडित पक्ष र महाकाली अस्पताल प्रशासनबीच छलफल भइरहेको छ। महाकाली अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
२३ असोज २०७८, शनिवार ११:४६ बजे प्रकाशित































