punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता, सीमा र तुइन प्रकरणबारे छलफल

Chaupati
safha napa

भारत भ्रमणमा रहेको सत्तारूढ नेपाली कांग्रेसका नेताहरूको टोली र भारतीय विदेशमन्त्री डा। एस जयशंकरबीच भेटवार्ता भएको छ।त्यस क्रममा दुई पक्षबीच सीमा विवाद समाधान र दार्चुला तुइन प्रकरणबारे छलफल भएको छ। साथै कोरोना खोपका विषयमा पनि छलफल भएको टोलीमा सहभागी नेताहरूले बताएका छन्।

कांग्रेस प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्री एस जशंकरबीच शुक्रबार अपराह्न दिल्लीमा भेटवार्ता भएको हो।छलफलका क्रममा कांग्रेस टोलीले सीमा विवाद समाधानका लागि वार्ता थाल्न र तुइन प्रकरणबारे पुनस् छानबिन गर्नुपर्ने कुरा उठाएको थियो। केही महिनाअघि महाकाली नदी तर्दै गर्दा भारतीय एसएसबीका जवानले तुइन काटिएदिएपछि दार्चुलाका जयसिंह धामी बेपत्ता छन्।

कांग्रेस प्रतिनिधिमण्डलले गराएको ध्यानाकर्षणप्रति भारतीय विदेशमन्त्री एस जयशंकर सकारात्मक देखिएका छन्।भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भारत आएको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलसँग भेटवार्ता हुँदा निकै खुसी लाग्यो। प्रकाश महतजी र प्रतिनिधिमण्डलबीच भएको छलफलको सराहना गर्छु।’


२३ असोज २०७८, शनिवार ११:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु