सुदूरपश्चिमका वरिष्ठ पत्रकार चन्दको निधन

सुदूरपश्चिम प्रदेशका वरिष्ठ पत्रकार रामबहादुर चन्दको बुधवार निधन भएको छ। ललितपुरको भैसीपाटीस्थित घरमा बस्दै आएका चन्दको ९५ वर्षको उमेरमा निधन भएको हो।

बैतडीको तत्कालिन चौखाम गाबिस (हालको सिगास गाउँपालिका)मा जन्मिएका चन्द लामो समयदेखि बिरामी थिए। महेन्द्रनगरमा बसेर लामो समय पत्रकारिता गरेका चन्दलाई प्रेस काउन्सिल नेपालले ‘प्रेस स्वतन्त्रता सेनानीको’ सम्मानसमेत प्रदान गरेको थियो।

सुदूरपश्चिमको पत्रकारिताका खम्बा मानिने चन्द लामो समय बामपन्थी आन्दोलनमा समेत सक्रिय थिए। चन्दले पहिलो पटक महेन्द्रनगरमा ०२६ सालमा महाकाली सन्देश पाक्षिकबाट पत्रकारिताको औपचारिक यात्रा प्रारम्भ गरेका थिए।

०३३ सालमा साप्ताहिक वार्ता र ०४९ मा जनवार्ता अर्ध साप्ताहिकमार्फत उनले सुदूरपश्चिमको पत्रकारितामा योगदान पुगाएका थिए ।

 


२० असोज २०७८, बुधवार १४:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु