punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीमदत्त नगरलाई बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि अनुमति

Chaupati
safha napa

भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनको अनुमति पाएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटीइभिटी०ले साझेदारीमा कार्यक्रम सञ्चालन र स्थानीय तहको पूर्ण लगानीमा सञ्चालन हुने गरी अनुमति दिएको हो ।

नगरपालिका र महाकाली प्रादेशिक अस्पतालले गत वर्ष प्राविधिक शिक्षालय सञ्चालन अनुमतिका लागि सिटीइभिटीमा निवेदन दिएका थिए।

त्यसअनुसार यस वर्ष दुई कार्यक्रम सञ्चालन हुने गरी अनुमति दिइएको हो। प्राविधिक शिक्षालयमा डिप्लोमा इन फार्मेसी र प्रमाणपत्र तह हेल्थ ल्याब टेक्निसिएन पढाउन अनुमति पाएको छ।

सिटीइभिटीका निर्देशक यमप्रसाद भुर्तेलको हस्ताक्षर रहेको अनुमतिपत्र पाएपछि नगर प्रमुख सुरेन्द्र विष्ट र अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले प्राविधिक शिक्षालय सञ्चालनको बाटो खुलेकामा खुसी व्यक्त गरे। “प्राविधिक शिक्षालयको पठनपाठन तयारी गर्ने प्रक्रियामा अघि बढ्छौँ”, नगरप्रमुख विष्टले भने, “यसमा नगरपालिका सक्रिय भएर लाग्छ।”

अस्पतालका अध्यक्ष जोशीले ढिला गरी सिटीइभिटीले कक्षा सञ्चालनका लागि अनुमति दिएको बताए। “अनुमति त पहिला नै पाउन खोजेका थियौँ, विविध कारणले सम्भव भएन”, उनले भने, “अहिले पाएका छौँ, अब सञ्चालन प्रक्रियामा जान्छौँ।” नगरपालिकाले प्राविधिक शिक्षालय सञ्चालनका लागि आठौँ नगरसभाबाट शिक्षालय स्थापना तथा सञ्चालन विधेयक २०७७ पारित गरिसकेको छ।

नपाले प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेन्टल साइन्स, रेडियो डाइग्नोष्टिक, अप्थाल्मिक साइन्स र डिप्लोमा इन फार्मेसीका लागि अनुमति माग गरेको थियो। यीमध्ये डिप्लोमा इन फार्मेसी र प्रमाणपत्र तह हेल्थ ल्याब टेक्नोलोजीलाई अनुमति प्रदान गरिएको छ। बैजनाथ माध्यमिक विद्यालयको भवनमा प्राविधिक शिक्षालय सञ्चालनका लागि सबै तयारी गरिएको छ।


२० असोज २०७८, बुधवार १५:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु