punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

Chaupati
safha napa

कैलालीको धनगढीमा बुधवारबाट सञ्चालन हुने सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । सुदूरपश्चिम खेलकुद परिषद्ले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो । साथै आजै प्रतियोगिताको ट्रफी र खेल तालिका पनि सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको खेल तालिका अनुसार बुधवार उद्घाटन खेलमा कञ्चनपुर र अछाम आमनेसामने हुने भएका छन् ।

प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार  असोज २३ गतेसम्म धनगढीमा आयोजना हुन गइरहेको हो । प्रदेशका ९ वटा जिल्लाका टिमहरूले सहभागिता जनाउने प्रतियोगिताको विजेतालाई नगद १ लाख सहित ट्रफी दिइने पत्रकार सम्मेलनमा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए ।

नका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइने छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिमलाई २५÷२५ हजार नगद सहित ट्रफी दिइनेछ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ ।

प्रतियोगिता आयोजन गर्नका लागि झन्डै ५० लाख खर्च हुने अनुमान गरिएको छ । जिल्लाहरूलाई टिम छनोटका लागि सुरुमा ५० हजार दिइएकोमा जिल्लाहरूले आफ्नो जिल्लाको टिम छनोट गरेका छन् । प्रतियोगितामा सहभागी सबै जिल्लाहरूको टिमको यातायातदेखि खाने बस्ने सबै खर्च सुदूरपश्चिम खेलकुद परिषद्ले व्यहोर्ने सदस्य सचिव सिंहले बताए ।

सुदूरपश्चिममै पहिलो पटक म्याटमा प्रतियोगिता सञ्चालन हुँदै छ । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने सिंहले बताए । उनले ती खेलाडीहरूलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिताको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने आयोजकले जनाएको छ ।

यस्तो छ खेल तालिका 

Tie-Sheet


१९ असोज २०७८, मंगलवार १८:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु