punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा एमाले र कांग्रेस परित्याग : दुई दर्जन कार्यकर्ता माओबादीमा

Chaupati
safha napa

दार्चुलाको मार्मा गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेस पार्टी परित्याग गरि दुई दर्जनबढि कार्यकर्ता नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र मार्मा चलाएको पार्टी जागरण अभियान अन्तर्गत अहिले मार्मामा काग्रेस र एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्ने बढेका छन् ।

नेकपा माओबादी केन्द्रका नेता एवं मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले पार्टी प्रवेश गर्नेलाई टिका लगाएर स्वागत गर्नुभएको छ । नेकपा माओवादी केन्द्र मार्मा गाउँकमिटी अध्यक्ष नरबहादुर बिष्टको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम भएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य एवं मार्मा गाउँपालिका इन्चार्ज धिरेन्द्रसिह धामीको विशिष्ट आतिथ्य लरहेको थियो ।कार्यक्रममा एमालेबाट जयसिह बिष्टको नेतृत्वमा १३ जना तथा नेपाली काग्रेसका हरिरामसिह बिष्टको नेतृत्वमा ६ जनाले पार्टी प्रवेश गरेका छन् ।


१९ असोज २०७८, मंगलवार १८:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु