punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विङ्गरबाट खसेर एक जनाको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरबाट धनगढी आइरहेको विङ्गरबाट खसेर एक जनाको मृत्यु भएको छ। मंगलबार महेन्द्रनगरदेखि धनगढी आइरहेको म१ज २०९० नम्बरको विङगरबाट खसेर भीमदत्त नगरपालिका–६ का ४० वर्षीय दानसिंह बुडालको मृत्यु भएको हो ।

अपरान्ह ३ बजेर ४० मिनेटमा शुक्लाफाँटा नगरपालिका– ५ स्थित अर्जुनी ब्यारेक नजिकै विङगरका सहचालक रहेका बुडाल खसेर घाइते भएका थिए ।

घाइते उनको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उक्त सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।


१९ असोज २०७८, मंगलवार १८:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु