punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुराको खाद्य डिपोमा चामल पुग्यो, सहुलियतमा बिक्री गरिने

Chaupati
safha napa

दुई महिनासम्म चामलको चरम अभाव भएको बाजुराका दुई डिपोमा सात सय क्वीन्टल चामल आइपुगेको छ । वर्षात्का कारण बाजुराका सडक अवरुद्ध भएपछि दुई महिनाअघि बाजुराका दुई खाद्यान्न डिपोमा चामल सकिएको थियो ।

पाँच महिनादेखि अवरुद्ध साँफे मार्तडी सडकलाई सुचारु गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले पहल गर्दै आएएको थियो । सडक डिभिजन साँफे अछामले असोज १५ गतेबाट सडक मर्मत गरे पश्चात् डिपोमा चामल पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय बाजुराले जनाएको छ ।

बाजुराको पूर्बी–उत्तर क्षेत्रमा रहेको कोल्टी चारसय र मार्तडीमा तीनसय गरी सातसय क्वीन्टल चामल बाजुराको डिपोमा आइपुगेको जिल्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमेटेड बाजुराका प्रमुख मेखराज ओझाले बताए । उनले भने, “अहिले कोल्टी र मार्तडी डिपोका लागि एक–एक हजार क्वीन्टल चामल मगाएको भएपनि कोल्टीमा चारसय र मार्तडीमा तीनसय क्वीन्टल मात्र चामल आएको छ ।”

मार्तडीका लागि साँफे–मार्तडी सडक सुचारु भएपछि र कोल्टी डिपोमा कर्णाली करिडोर सडक सुचारु भएपछि बाजुराका दुबै डिपोमा चामल आइपुगेको प्रमुख ओझाले बताए । प्रमुख ओझाकाअनुसार मार्तडी खाद्यमा यसअघि पैँचालिस रुपियाँमा बिक्री हुँदैआएको मोटो चामल भोलीबाट चालिस रुपियाँ र एक किलो चामल ४८ रुपियाँमा बिक्री गर्दैआएको कोल्टी डिपोले भोलीबाट ४३ रुपियाँ बिक्री गर्ने बताएको छ ।

दुई महिनासम्म चामलको चरम अभाव झेल्दैआएका बाजुरावासीलाई प्रति किलो पाँच रुपियाँ छुट गरेर सहुलियतमा डिपोले मोटा चामल बिक्री गर्ने भन्दै उपभोक्तालाईं समयमै चामल लिन आग्रह गरिएको ओझाले बताए ।

बाढपिहिरोका कारण साँफे मार्तडी लोकमार्ग लामो समयदेखि अवरुद्ध बन्दै आएपछि झण्डै दुई महिनासम्म डिपोमा खाद्यान्न थिएन । अहिले साँफे मार्तडी लोकमार्ग अन्तर्गत पर्ने बल्दे दवारी लगायतका ठाउँको सडक मर्मत भएपछि बाजुराको डिपोमा चामल आइपुगेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकरी गोपालकुमार अधिकारीले बताए ।


१८ असोज २०७८, सोमवार १४:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु