काकाले सनाखत नगर्दा प्रीतमको नागरिकता बनेन
कैलालीको भजनी नगरपालिका ८ का ३९ बर्षीय प्रीतम शाह आफ्नै काकाले सनाखत नगरिदिदा नागरिकता पाउनबाट बन्चित हुनुभएकोछ । अछामबाट बसाई सरी आएका पृतम हजुरबुवा बलबहादुर शाहका दुई छोरामध्ये जेठा छोरा हर्कबहादुर शाहका सन्तान हुनुहुन्छ ।
पृतमकाअनुसार बावु छोराको कुरा नमिलेपछि उहाँका बुवा सानैदेखि भारतको पुनामा बस्दै आउनुभएको थियो । पृतमले आफ्नो बुवा बेलाबेलामा नेपाल आउनेजाने भएपनि धेरै समय पुनामै बसेको र उतै विबाह गरी आफू र एक बहिनी उतै जन्मे हुर्केको बताए ।
प्रीतमले भन्नुभयो ‘यता त हजुरबुवा र अंकल धुब्र शाह हुनुहुन्थ्यो, मेरो बुवा सानैदेखि पुनामै बस्नुभयो, नागरिकता बनाउनु भएन, उतै नेपाली बिवाह गरे, हामी पनि उतै जन्मियौ, पुनामै हुर्कियौं, त्यतिबेला नागरिकता चाहिएन ।’
नेपाल आउनेजाने गरेका प्रीतमले नागरिकताको महशुस त्यतीबेला गर्नुभयो जब नेपालमा कोरोनाविरुद्ध खोप लगाउनुपर्ने भयो । ‘मेरो नेपाली नागरिकता नभएर खोप लगाउन पाएन अनि नागरिकता बनाउनुपर्छ भन्नेलाग्यो ।’
पछिल्लो समय प्रीतमको नागरिकता बनाउन आफ्नै काकाले सनाखत नगरिदिएपछि समस्या भएको उनको भनाई छ । तीन पुस्ते हजुरबुवा र काका धुब्र शाह नेपालमै भएपनि हजुरबुवाको पनि मृत्यु भइसकेको छ । पृतमका बुवा हर्कबहादुर शाहको २०६७ मा भारतमै मृत्यु भएको थियो ।
प्रीतमको आमा र एक बहिनी शितल शाह भारतकै पुनामा हुनुहुन्छ । उनीहरुले समेत नेपाली नागरिकता नबनाउनु भएको उनले बताए । उनको काका अहिले भजनीबाट बसाईसरी टीकापुरमा बस्दैआउनुभएको प्रीतमले बताए ।
नागरिकताका लागि वडा, नगरपालिका, ईलाका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयमा समेत नागरिकताका लागि निवेदन दिएको उनले बताए । आफ्नै काकाले सनाखत गर्न नमानेपछि नागरिकता बन्न नसकेको उनले गुनासो गरे । गोरखापत्रबाट
१८ असोज २०७८, सोमवार १४:१० बजे प्रकाशित































