फिफा पूर्वरेफ्री खत्रीको निधन
पूर्वफिफा रेफ्री तथा रेफ्री एसोसिएनसनका महासचिव लव खत्रीको सोमबार निधन भएको छ।बिहान बाथरुममा लडेर ५० वर्षीय खत्रीको निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
बिहान मर्निङ वाकमा गएर आएका उनी बाथरुम जाँदा लडेका थिए। उनलाई मेडिसिटी अस्पतालमा पुर्याइएकोमा त्यहाँ मृत घोषणा गरिएको थियो।
खत्रीले उमेर हदका कारण सन् २०१८ देखि फिफा रेफ्री छाडेका थिए।ए डिभिजन टोली थ्री स्टार, जावलाखेल युथ र फ्रेन्ड्स क्लबबाट फुटबल खेलेका थिए। अन्तिम श्रद्धाञ्जलीका लागि खत्रीको शव सवा १२ बजेपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राखिने एन्फाले जनाएको छ।
१८ असोज २०७८, सोमवार १३:४७ बजे प्रकाशित































