punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भूगोल हेरेर मात्र योजना बनाउन गाउँपालिका अध्यक्षको आग्रह

Chaupati
safha napa

बझाङको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले प्रदेश, संघ सरकार र गैरसरकारी संस्थालाई गाउँपालिकाको भूगोल हेरेर योजना तथा बजेट विनियोजन गर्न आग्रह गरेका छन्। गाउँपालिकामा योजनाहरू मागको आधारमा नआएर फरक तरिकाले आउने गरेको उनले बताए।

उनले भने, ‘विद्यालयमा घेराबार आवश्यक छ। भवनको योजना हालेको छ। त्यसमा पनि जयपृथ्वी नगरपालिकामा २२ लाखको भवन परेको छ भने साइपाल गाउँपालिकामा पनि २२ लाखको नै भवन भनेर योजना हालेको हुन्छ।’

जयपृथ्वी नगरपालिकामा यातायात सुविधा भएकाले २२ लाखको भवन निर्माण भए पनि साइपाल गाउँपालिकामा २२ लाखले सामान ढुवानी गर्न पनि नपुग्ने भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

प्रदेश र संघ सरकारले भूगोल नहेरी बजेट विनियोजन गर्ने गरेको र अरू स्थानीय तहको दाँजोमा सदरमुकाम चैनपुरबाट ३ दिन पैदल हिँडेर पुगिने साइपाल गाउँपालिकामा पनि अन्य स्थानीय तहको अनुपातमा बराबर रकमका योजना आउने गरेको गाउँपालिका इन्जिनियर तिलक विकले बताए।

विकले भने, ‘यातायातका साधन नभएकाले ढुवानीमा बढी पैसा खर्च हुने गरेको छ। जसका कारण भवन निर्माण तथा योजना पूरा गर्न पैसा पुग्दैन। त्यो काम पूरा गर्न अर्को वर्षको बजेट कुर्न पर्छ।’

फेरि अर्को वर्ष त्यो योजना सम्पन्न गर्न बजेट विनियोजन नगरे अघिल्लो वर्ष बनाएको संरचना बिग्रने र ढुवानी गरेको सामान बिग्रेको इन्जिनियर विकको भनाइ छ।

भवन निर्माणका लागि सरिया खरिद गर्दा साइपाल गाउँपालिकाको धुलीमा १६ एमएमको सरियाको ३ सय ५० रुपैयाँ पर्ने र सदरमुकाम चैनपुरबाट धौलनसम्म खच्चडमा लैजाँदा सरिया ढुवानीको प्रतिकेजी १ सय ३० रुपैयाँ भाँडा पर्ने गरेको स्थानीय मिलन धामीले बताए।

साइपाल गाउँपालिकामा यसैगरी आएका सिमेन्ट सेट हुने, सरिया खिया लाग्ने, भवनका भित्ता भत्कने भएकाले पुनः पछिल्लो वर्ष खरिद गर्नुपर्ने लगायतका समस्या रहेका छन्।


१४ असोज २०७८, बिहीवार १९:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु