punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा कोरोना सङ्क्रमण हुने भन्दा निको हुने धेरै

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार १४ जनाको कोरोना परीक्षण गरिएको थियो ।

सेती प्रादेशिक अस्पतालमा पीसीआर परीक्षणका क्रममा २२ तथा एन्टिजेन विधिमार्फत परीक्षण गर्दा कञ्चनपुरमा ११ र दार्चुलामा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा प्रदेशभर ३९ जना कोरोनाबाट मुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ८४ वर्षीय पुरुष छन् । बुधबार भने सुदूरपश्चिममा ३३ सङ्क्रमित थपिएका थिए भने १७ जना निको भएका थिए ।


१४ असोज २०७८, बिहीवार १९:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु