punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

परिवार दलको वडा कमिटी गठन

Chaupati
safha napa

नेपाल परिवार दलले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा वडा कमिटी गठन गरेको छ । बिहीबार धनगढीमा एक कार्यक्रमकाबीच नेपाल परिवार दलले विशाल चौधरीको अध्यक्षतामा ६१ जनाको वडा कमिटी गठन गरेको हो ।कमिटीको उपाध्यक्षमा शान्ति चौधरी, सचिवमा सन्दिप चोधरी सहसचिव संगम चौधरी, कोषाध्यक्षमा माया चौधरी चयन भएका छन् ।

यस्तै सदस्य सागर चौधरी, सुमिता चौधरी, राम चौधरी, गजेन्द्र चौधरी, सन्तोष चौधरी, हरिचन्द्र चौधरी, राजकुमार चौधरी, राम चौधरी, सुनिता चौधरी, रविना चौधरी, जानकी चौधरी, कमल चौधरी, रमिता चौधरी, सितल चौधरी, सलिना चौधरी, राजकुमारी चौधरी चयन भएका छन् ।

No description available.

त्यस्तै ज्योती चौधरी, प्रेरणा चौधरी, सुनिता चौधरी, सरोज चौधरी, आइतराम चौधरी, बुद्धिराम चौधरी, जगत राना, सन्तोष चौधरी, सन्दिप चौधरी र सागर चौधरी पनि सदस्यमा चयन भएका छन् ।कार्यक्रममा बोल्दै पार्टीका प्रमुख अतिथि खडक नागरीले परिवार दल देश र जन्ताका लागि सधै लागिरहेको बताए । पिछडिएका थारु समुदायको निम्ति परिवार दल सधै लडिरहने उनले बताए ।

पार्टीका केन्द्रीय सदस्य ढकालले अब युवाले मात्र देशको विकासमा भूमिका खेल्न सक्ने केन्द्रीस्य सदस्य घिमिरेले बताए । उनले पार्टीले युवा परिचालन गरिरहेकोसमेत बताए ।

पार्टीको सुदूरपश्चिम संयोजक खडक नागरीको प्रमुख अतिथि, पार्टीका केन्द्रीय सदस्य शंकरराज ढकाल, केन्द्रीय सदस्य बिस्नुकुमारी घिमिरे अतिथी रहेका थिए ।यस्तै, कार्यक्रममा peace force का जिल्ला संयोजक दिनेश कुमार राना र IAYSPका जिल्ला अध्यक्ष अजय जैरु, स्थानीय भल्मन्सा सुन्दरलाल चौधरी,युवा क्लव कि अध्यक्ष सीताकुमारी चौधरी लगायतको उपस्थित रहेको थियो ।


१४ असोज २०७८, बिहीवार १४:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु