punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बेलायतमा नेपालीले बेच्नथाले ‘कोदोको रक्सी’, एक बोटलको मूल्य ४ हजार बढी

Chaupati
safha napa

संयुक्त अधिराज्य बेलायतमा नेपाली ‘कोदोको रक्सी’को बिक्री सुरु भएको छ।नेपालीमूलका बेलायतीले कोदो लिमिटेड कम्पनी स्थापना गरी रक्सीको ब्रान्डिङ गरेका हुन्।

कम्पनीका अनुसार विशुद्ध कोदोको रक्सीको मूल्य २६ पाउन्ड स्टर्लिङ अर्थात् एक बोटलको नेपाली रुपैयाँ करिब ४१ सय ६५ रुपैयाँ छ। यो ७० सेन्टिलिटरको हुन्छ। पियोर कोदोकामा ४० प्रतिशत अल्कोहल हुन्छ।

त्यस्तै तीनपाने कोदोको रक्सी १३ पाउन्ड स्टर्लिङ अर्थात् २ हजार ८० रुपैयाँ रहेको छ। योचाहिँ २० सेन्टिलिटरको हुन्छ। तीनपानेमा ६० प्रतिशत अल्कोहलको मात्रा हुन्छ।

कोदोको लिमिटेडका म्यानेजिङ डाइरेक्टर जनक राई छन्। त्यसबाहेक जितेन्द्र चेम्जोङ, सुमन गुरुङ, आकाश सुनुवारलगायतका नेपालीले लगानी गरी ‘कोदोको रक्सी’ ल्याएका हुन्।नेपालका आदिवासी जनजातिहरु राई, लिम्बु, मगर, गुरुङ, तामाङ, शेर्पा समुदायमाझ कोदोको रक्सी बढी प्रयोग हुने गर्छ।

बेलायतमा पनि नेपालीमूलका राई, लिम्बु र गुरुङ साथी मिलेर कोदोको रक्सीको ब्रान्डिङ गरेका छन्।कोदो लिमिटेडका एमडी जनक राईले हाल बेलायतमा मात्रै रक्सी उपलब्ध रहेको बताउँदै २०२१ को डिसेम्सरसम्म नेपालमा पुर्याउने उल्लेख गरेका छन्।

‘अहिले बेलायतमा २५.९९ पाउन्ड स्टर्लिङ रहेको छ’, राई भन्छन्, ‘२०२१ को डिसेम्बरसम्म नेपाल पुर्याउने लक्ष्य रहेको छ। नेपालमा मूल्य फरक पर्छ।’जनक राईले पियोर कोदोको रक्सीको सफल परीक्षणपछि ३ पाने कोदोको रक्सी बजारमा ल्याएको जानकारी दिएका छन्। ३ पाने कोदोको रक्सीमा ६० प्रतिशत अल्कोहल रहेको छ।

कोदोको रक्सी भुटेको बंगुर मासुसँग खान सकिने कम्पनीले उल्लेख गरेको छ। त्यसबाहेक राँगाको सुकुटी, आलुदमसँग कोदोको रक्सी बढी स्वादिलो हुने भन्दै ब्रान्डिङ गरिरहेको छ।अमेरिकी केवल न्युज नेटवर्क (सीएनएन)ले नेपाली कोदोको रक्सीलाई विश्वको ५० अत्यधिक स्वादिलो रक्सीमध्ये एउटा भनेको छ।


१४ असोज २०७८, बिहीवार १४:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु