punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भाइरल ज्वरोबाट मृत्यु, कोरोना हुनसक्ने आशङ्का

Chaupati
safha napa

भाइरल ज्वरोका एक बिरामीको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका–५ वनकाडाका ३८ वर्षीय प्रमानन्द भट्टको आज मृत्यु भएको हो। गएको तीन हप्तादेखि ज्वरो आएकामा उनलाई मङ्गलबार जिल्ला अस्पताल बैतडीमा भर्ना गरिएको थियो।

जाँच गर्दा प्रमानन्दको रगतमा सङ्क्रमण देखिएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर डम्बरजङ्ग सिंहले जानकारी दिए। भट्टलाई ज्वरो, रुघाखोकी, पखाला, श्वासप्रश्वासमा समस्या रहेको थियो। उनले भने, “जाँच गर्दा भाइरल ज्वरो बढी देखिएको थियो, कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले ¥यापिड डाइग्नोस्टिक टेस्ट आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आयो।”

अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था नभए पनि औषधि लगेर प्रमानन्दलाई मङ्गलबार घर लगिएको थियो। आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएको भए पनि पीसीआर गर्नका लागि स्वाब सङ्कलन गरिएको छ। स्वाबको रिपोर्ट भने आउन बाँकी छ।

पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले प्रमानन्दलाई कोरोना पनि हुनसक्ने डाक्टर सिंहले बताए। उनले भने, “रगतमा सङ्क्रमण देखिएको छ, कोरोना पनि देखिनेसक्ने सम्भावना छ।”मङ्गलबार रातिदेखि नै प्रमानन्दको स्वास्थ्य थप समस्या आएपछि बुधबार बिहानै उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

सतबाँझबाटै श्वासप्रश्वासमा समस्या आएका भट्टलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। मृतकको शव घर लगिएको छ। घरपरिवारले शव बिहीबार जलाउने तयारी गरेका छन्। मृतक भट्टका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्।रासस


१४ असोज २०७८, बिहीवार ०८:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु