punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओडिआई बरियतामा माथि उक्लिए सन्दिप

Chaupati
safha napa

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनल सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको ओडिआई बरियतामा माथि उक्लिएका छन् ।

सन्दिप नयाँ ओडिआई बरियताको बलिङतर्फ ७९औं स्थानमा उक्लिएका हुन् । उनले फड्को मार्ने क्रममा भारतका हार्दिक पाण्डे, अष्ट्रेलियाका मिचेल मार्स जस्ता चर्चित खेलाडीलाई पछि पार्दै आफ्नो बरियतामा सुधार गरेका हुन् ।

भर्खर मात्र ओमान भ्रमणमा सन्दिपले उत्कृष्ट प्रदर्शन गरेपछि ओडिआई बरियतामा फड्को मारेका हुन् । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआइ सिरिज र पपुवा न्युगिनीसँगको दुईवटा ओडिआइ खेलमा सन्दिपले कूल १८ विकेट लिंदै सान प्रदर्शन गरेका थिए ।

पपुवा न्युगिनी विरुद्ध पहिलो खेलमै चार विकेट लिएका सन्दिपले दोस्रो खेलमा ६ विकेट लिंदै नेपाललाई सहज जीत दिलाएका थिए । ओमानसँगको पहिलो खेलमा भने पेटमा चोट लागेका कारण सन्दिपले बलिङ गर्न पाएका थिएनन् ।

सन्दिपले पछिल्लो १६ ओडिआई खेलमा ४१ विकेट लिइसकेका छन् । नेपाल भने ओडिआई बरियतामा १६औं स्थानमा र टी–ट्वान्टी आई बरियतामा १३औं स्थानमा रहेको छ ।


८ असोज २०७८, शुक्रवार ०५:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु