त्रिशूलीमा कार खस्दा तीन बेपत्ता

त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । एक जनाको उद्दार भएको छ। काठमाडौंबाट पोखरा आउँदै गरेको ग २ च ४९१८ नम्बरको कार बिहीबार राती मुग्लिङ नजिक त्रिशूली नदीमा खसेको थियो।

नदीमा कार खस्दा पोखरा घर भएका कार चालक प्रेमबहादुर भुजेल, सोही कारमा सवार लेखबहादुर भुजेल र ईश्वरी भुजेल वेपत्ता भएका छन।
पोखराकै रुद्रलाल सुवेदीको उद्धार पछि अहिले चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


८ असोज २०७८, शुक्रवार ०८:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु