बाजुरामा शिक्षक खेतमा मृत भेटिए
बाजुराको बुढीनन्दा नगरपालिका १ कोल्टीमा एक शिक्षक मृत फेला परेका छन् ।
कोल्टी तल्लो बजार नजिकै खेतमा कञ्चनपुर घर भई सुजन बोर्डिङ्ग स्कुलमा कार्यरत शिक्षक गणेशप्रसाद रेग्मी मृत अवस्थामा फेला परेका हुन्।
आफ्नै खेतमा घाँस काट्न जाने क्रममा एक जना महिलाले कोदो बारीमा शिक्षक मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। बाहिर देखिने घाउ नरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्याल कोल्टीले जनाएको छ।
प्रहरीका अनुसार रेग्मीको शव पोष्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
४ असोज २०७८, सोमवार ०९:१२ बजे प्रकाशित































