punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाको तेस्रो लहर आउने खतरा, वैज्ञानिकहरूले दिए गम्भीर चेतावनी

Chaupati
safha napa

कोरोना भाइरसको तेस्रो लहर आउने खतरा बढेको वैज्ञानिकहरुले बताएका छन् । बायोटेक्नालोजी विभागका वैज्ञानिकले भारतमा डेल्टा–४ नामक कोरोना भेरियन्टबाट तेस्रो लहरको खतरा बढेको बताएका हुन् । उनीहरका अनुसार भारतमा डेल्टा–४ नामको भेरियन्ट तीव्र रुपमा फैलिएको छ ।

वैज्ञानिकहरुले यसबारेमा १३ सेप्टेम्बरमा नै सरकारलाई रिपोर्ट बुझाएका थिए । जसमा दोस्रो लहरमा ठूलोमात्रामा संक्रमित बनाएको डेल्टा भेरियन्टमा लगातार म्युटेशन भएको उल्लेख छ ।

रिपोर्टअनुसार भारतसहित अमेरिका र युरोपेली देशमा पनि यो भाइरसमा म्युटेशन देखिएको छ । यसका कारण भाइरसमा थप धेरै परिवर्तन आएको अनुमान गरिएको छ ।

भारतमा मात्रै अहिलेसम्म २५ नयाँ भेरियन्ट देखिएका छन् र यसका अलग अलग बिरामी भेटिएका छन् । रिपोर्टअनुसार ९० हजार ११५ नुमनाको जिन अनुक्रम पूरा भएको छ । जसमा ६२.९ प्रतिशत नमुनामा भाइरसको गम्भीर भेरियन्ट पाइएको छ ।

यसमा डेल्टा, अल्फा, गामा, बीटा, कप्पा आदि भेरियन्ट छन् । यी भेरियन्टहरु दोस्रो पटक संक्रमित हुनेमात्रै नभएर खोप लगाएकामा समेत देखिने बताइएको छ ।


४ असोज २०७८, सोमवार ०९:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु