आचार्यको संयोजकत्वमा नेकपा (एस) पार्टीको चुरे गाउँकमिटि घोषणा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चुरेको प्रथम भेला सम्पन्न भएको छ । पार्टीका चुरे इन्र्चाज लोक बहादुर सारुको अध्यक्षतामा बसेको बैठकले मनिराम आचार्यको संयोजकत्वमा ४१ सदस्यि गाउँकमिटि गठन भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चीम प्रदेश संसदीय दलका नेता तथा भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीको प्रमुख आतिथ्यतामा भएको थियो ।

भेलामा नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेश कमीटि सदस्य खडक बम, जिल्ला सदस्य तथा भौतिक पुर्वाधार विकास राज्य मन्त्री चुनकुमारी चौधरी, जिल्ला सदस्य खम्म बुढा लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै विहिबार नेकपा (एकीकृत समाजवादी)ले प्रदेशको स्थायी राजधानी गोदावरी नगरकमीटी घोषणा गरेर पार्टीले स्थानीय कमिटिहरु बनाउन थालेको छ । टेक बहादुर विकको संयोजकत्वमामा नगरकमिटि बनाएको छ ।


१ असोज २०७८, शुक्रवार १६:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु