दुर्गालक्ष्मी प्राविधिक नमुना विद्यालयले मनायो विज्ञान दिवस !

अत्तरिया स्थित दुर्गालक्ष्मी प्राविधिक नमुना विद्यालयले विविध कार्यक्रमहरू गरि ९अौं विज्ञान दिवस मनाएको छ ।शुक्रबार विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विज्ञान प्रदर्शनी, विज्ञान प्रविधिका विविध विषयमा चर्चापरिचर्चा तथा सूचनामूलक गतिविधिहरु सञ्चालन भएका थिए ।

No description available.विज्ञान तथा प्रविधि सँग सम्बन्धित विभिन्न सामग्रीको प्रदर्शनी कार्यक्रमको मूख्य आकर्षण रह्यो । विद्यार्थीहरुले निर्माण गरेका विभिन्न काम गर्ने रोबोट, पानीघट्ट, हावाबाट बिजुली निकाल्ने प्रविधि, स्वचालित सडक बत्ति, बनस्पतिबाट बिजुली लगायत चार दर्जन बढी प्राविधिक सामग्रीहरु प्रदर्शनी गरिएको थियो ।

No description available.विद्यालयमा अध्ययनरत विद्यार्थी तथा विद्यालय बाहिरका सयौं व्यक्तिहरुले प्रदर्शनी अवलोकन गरेका थिए ।कार्यक्रममा शिक्षकहरू राजाराम चौधरी, बिक्रम खड्का, सुरेश धामी, किरण भट्ट, केपिसी थापा, डिल्लीराज जोशी लगायतले विज्ञान प्रविधिका विविध विषयमा आफ्ना धारणा राखेका थिए ।

राज्यले आवस्यक सहयोग गरेमा व्यवहारिक उपयोगका लागि पनि सामग्रीहरु बनाउन सकिने सहभागी विद्यार्थीहरूले बताएका छन् ।विद्यार्थीका सबैखाले रचनात्मक क्रियाकलापमा विद्यालयले सक्द‍ो सहयोग गर्ने कुरा विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले बताए ।

No description available.

विज्ञान तथा प्रविधि समुहका संयोजक अनिल ओझाको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजीकरण जनक रसिकले गरेका थिए । दुर्गालक्षमी प्राविधिक नमुना विद्यालयले प्रत्येक वर्ष विज्ञान दिवस मनाउँदै आएको छ ।

यो वर्षको राष्ट्रिय विज्ञान दिवसको नारा विज्ञान र प्रविधिको उन्नत विकास स् प्रक‍ोप र महामारीबाट सहज निकास रहेको छ ।


१ असोज २०७८, शुक्रवार १७:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु