punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

८ हजार घुससहित सीडीओ कार्यालय धनुषाका नासु पक्राउ

Chaupati
safha napa

जिल्ला प्रशासन कार्यालय (सीडीओ) धनुषाका नायव सुब्बा उमेर चौधरी ८ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नायब सुब्बा चौधरीलाई मंगलबार साँझ घुस रकमसहित पक्राउ गरेको हो ।

जनकपुरधामको क्याम्पस चोकस्थित एक होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

नागरिकताको प्रतिलिपीमा उमेर सच्याइदिने नाममा घूस लिँदै गरेको अवस्थामा पक्राउ परेका चौधरीविरुद्व थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


२२ भदौ २०७८, मंगलवार २०:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु