punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीका सुशान्तले एघार वर्षको उमेरमै चलाए ट्र्याक्टर

Chaupati
safha napa

खाने मुखलाई जुगाले छेक्दैन जस्तै काम गर्नलाई उमेरले छेक्दैन भन्ने एक ज्वलन्त उदाहरण दिएका छन्। डोटीको जोरायल गाउँपालिका–२ रिठा गाउँका ११ वर्षीय बालक सुशान्त पाठकले। उनले ११ वर्षको नाबालक उमेरमा ट्र्याक्टर चलाएर सम्पूर्ण काम गर्न थालेका छन्।

सुरु सुरुमा घरमा आमा, बुबाले ट्र्याक्टर चलाउन त परै जाओस छुनसमेत नदिने गरेको भए पनि उनले लुकिछिपी ट्रयाक्टर चलाउने गरेका थिए। अहिले सुशान्तले ट्र्याक्टर चलाउन सिकेपछि उनका बुबाले पनि कामका लागि ट्रयाक्टर दिने गरेको बालक सुशान्तले बताए।

उनले भने, “घरमा ट्रयाक्टर थियो, बुबाभन्दा आमाले त छुनै दिनु हुन्नथ्यो, मैले बुबाले चलाएको ट्र्याक्टर हेर्थे अनि लुकिलुकी चलाउन सिकेँ, अहिले त सबै खुशी छन्, काम गर्न पनि ट्र्याक्टर दिन्छन्।” सुशान्तले ट्र्याक्टरको ट्रली जोड्ने, खेत जोत्ने, गिट्टी, बालुवा ल्याउन थालेपछि घरका मान्छेदेखि अन्य छरछिमेकमा रहेका मानिस पनि चकित परेका छन्।

अहिले उनले चलाएको ट्र्याक्टर हेर्नेको उनको गाउँमा भीड नै लाग्ने गरेको स्थानीयवासी भगवती कठायतले बताइन्। उनले भनिन्, “सानो बालक छ, मजाले ट्र्याक्टर चलाएर खेत जोत्नेदेखि सामान ढुवानी गर्छ, हामी त अचम्म परेका छौँ।”

बच्चालाई चोट पटक लाग्ला भनेर मैले ट्रयाक्टर त परेजाओस साइकल समेत चलाउन दिएको थिइन, ट्र्याक्टर चलाउन थालेपछि म आफै चकित परँे सुशान्तकी आमा धर्मा जोशी पाठकले भनिन्, “साइकल पनि नचलाओस् भनेर मैले त्यसको खुट्टा नपुग्ने ठूलो साइकल किने, छोरो त ट्र्याक्टर चलाउने पो भयो, अचम्म परेर के गर्नु, खुसीसँगै चकित परेकी छु।”

सुशान्तले ट्र्याक्टर, कार, मोटरसाइकल सबै चलाउन सक्षम भएका छन्। सानै उमेरमा ट्र्याक्टर, कार, मोटरसाइकल चलाउने सुशान्त सम्भवतः सुदूरपश्चिम प्रदेशमै पहिले बालक भएको उनका बुबा दिनेशराज पाठकले बताए।

उनले भने, “मेरो छोरा अहिले ११ वर्षको भयो, उसले नौ वर्षदेखि ट्र्याक्टर चलाउन थालेको हो, सुदूरपश्चिममा पहिलो बालक होला यति सानो उमेरमा गाडी चलाउने व्यक्ति।” सुशान्तले ट्र्याक्टर चलाउन सिकेसँगै उनका बुबालाई काममा पनि निकै हलुङ्गो भएको बताइएको छ।

अस्थायी ट्राफिक प्रहरी कार्यालय बुडरका प्रमुख हर्क साउदले १८ वर्ष भन्दा मुनिका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र दिन नमिल्ने हुँदा उनले गाडी चलाउन नमिल्ने बताए। उनले भने, “सुशान्तले सानै उमेरमा आफ्नो कलाकौसल देखाए, त्यो राम्रो विषय हो, तर १८ वर्ष नपुगी चालक अनुमतिपत्र नदिइने नियम रहेकाले सडकमा चलाउन नपाइने नियम छ, सडकमा गाडी ल्याउनु भएन।” रासस

 


२३ भदौ २०७८, बुधवार ११:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु