punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस महामन्त्रीमा गगन, विश्वप्रकाश र प्रदीप पौडेल भिड्ने !

Chaupati
safha napa

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

केन्द्रीय सदस्य गगनकुमार थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीकै लागि तयारी गरेका छन् ।

पौडेलले पनि महामन्त्रीका लागि तयार गरेको बताएका छन् । उनले भने, ‘महामन्त्रीका लागि तयारी गरेको छु, केही दिनमा औपचारिक घोषणा हुन्छ ।’

कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका गगन, विश्वप्रकाश र प्रदीप तीनै जना विद्यार्थी राजनीतिबाट आएका नेताहरु हुन् । विश्वप्रकाश र प्रदीप नेविसंघको पूर्वसभापति पनि हुन् ।

प्रदीप सिटौलातिर, गगन कता ?

मंसिर ९ का लागि तय भएको कांग्रेस महाधिवेशनले सभापति र दुई महामन्त्रीसहित १३ पदाधिकारी निर्वाचित गर्नेछ भने कोषाध्यक्ष मात्र मनोनित हुनेछ ।

कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका गगन, विश्वप्रकाश र प्रदीप तीनै जना विद्यार्थी राजनीतिबाट आएका नेताहरु हुन् । विश्वप्रकाश र प्रदीप नेविसंघको पूर्वसभापति पनि हुन्

सभापतिमा संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि, रामचन्द्र पौडेल समूहबाट वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिको आकांक्षी छन् । १३ औं महाधिवेशनपछि तेस्रो धारको नेतृत्व गर्दै आएका पूर्वमहामन्त्री कृष्ण सिटौला पनि सभापतिका आकांक्षी हुन् ।

अहिले पनि संस्थापन इतरको साझा उम्मेदवार बनाउने प्रयास रहेको नेताहरुले बताएका छन् । पौडेल समूहका चार आकांक्षीले १७ भदौमा पत्रकार सम्मेलन गरेर एउटै उम्मेदवारी रहने बताएका थिए । नेताहरुका अनुसार जिल्ला अधिवेशन सकिएपछि संस्थापन इतरका एउटै उम्मेदवार बनाउन निर्णायक पहल हुनेछ ।

एक नेताका अनुसार संस्थापन इतरबाट एउटै मात्र उम्मेदवार बन्दा गगन महामन्त्रीका उम्मेदवार रहन्थे । अरु सहमहामन्त्रीको उम्मेदवार बन्ने अवस्था आउँथ्यो । तर सहमति जुट्ने भन्दा चार।पाँच जना सभापतिका उम्मेदवार बन्ने सम्भावना बढ्दा युवा नेताहरु पनि विभाजित भएका छन् ।

‘सभापतिमा धेरै उम्मेदवार हुँदा सबैले महामन्त्रीमा हाम्रो पुस्तालाई समेट्न खोज्छन्’ एक नेता भन्छन्, ‘यसले हामी पनि विभाजित हुने अवस्था आउने सम्भावना देख्दैछु ।’

महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेका प्रदीप पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट छन् । सिटौला सभापतिको उम्मेदवारी बन्दा उनले महामन्त्रीमा उम्मेदवारी दिने निश्चित रहेको यो समूहका नेताहरु बताउँछन् ।

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका गगन पनि १३ औं महाधिवेशनमा सिटौला समूहबाटै महामन्त्रीको उम्मेदवार बनेका थिए । अहिले पनि उनी यो समूहका छलफलहरुमा जाने गरेका छन् । तर रामचन्द्र पौडेल समूहमा पनि उनी जान्छन् ।सभापतिका सबै आकांक्षीसँग छलफलमा रहेका उनले कुन समूहबाट लड्ने भन्ने खुलाएका छैनन् ।

संस्थापन समूहबाट विश्वप्रकाश

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

नेविसंघको नेतृत्व गरेर आएका उनी पार्टी सभापति शेरबहादुर देउवासँग निकट छन् । उनले केही दिनमै महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

संस्थापन समूहमा उनीसँगै सहमहामन्त्री डा.प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र केन्द्रीय सदस्यद्वय रमेश लेखक र एनपी साउद पनि महामन्त्रीका दावेदार हुन् ।


२१ भदौ २०७८, सोमवार १७:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु