punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष सहित ८ जनाले गरे नेकपा (एस) मा सनाखत

Chaupati
safha napa

बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरनजिबी शाही उपाअध्यक्ष मिमा बुढा लगायत जिल्लाका जम्मा ८ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा सनाखत गरेका छन् ।

गाउँपालिका अध्यक्ष शाही, मिमा बुढा संगै सोही गाउँपालिकाका १ जना वडा अध्यक्ष र बुढिगंगा नगरपालिका वडा न ९ का वडा अध्यक्ष भरत थापा लगायत केही जनप्रतिनिधिहरूले आजै जिल्ला निर्वाचन आयोगमा पुगेर नेकपा (एस) को पक्षमा सनाखत गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयमा पुगेर दल विभाजन सम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाइएको छ ।

सोही अवधिमा नागरिकता, मतदाता परिचयपत्र, निर्वाचित भएको प्रमाणपत्र सहित स्वयं उपस्थित भएर सनाखत गर्न सकिने निर्वाचन कार्यालयले जनाएको छ ।


२१ भदौ २०७८, सोमवार १६:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु