नेपाली सेनाले माग्यो ४ हजार सैन्य, कहिलेसम्म आवेदन दिने ?
नेपाली सेनाले ४ हजार रिक्त पदपूर्तिका लागि बिज्ञापन खुला गरेको छ । शुक्रबार नेपाली सेनाको भर्ना छनौंट निर्देशनालय कार्यरथी जङ्गी अड्डाले बिज्ञापन जारी गरेको हो ।
‘नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पद खुला तथ समावेशी प्रतिस्पर्धाबाट पद पूर्ति गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिक स्वयम उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रु १० को टिकट टाँसी दरखस्त पेस गर्न आह्वान गरिन्छ,’ बिज्ञापनमा भनिएको छ।
इच्छुकले आजकै मितिबाट दरखास्त दिन सक्ने छन् । दरखास्त मिति असोज १६ गतेसम्म रहेको छ । त्यस्तै दोब्बर दस्तुरमा असोज २४ गतेसम्म कार्यलय समयमा दरखास्त दिन सकिनेछ । योग्यता पुगेका नेपाली नागरिकले आफ्नो पायक पर्ने स्थानबाट उम्मेदवार बन्न पाउने छन् ।
१८ भदौ २०७८, शुक्रवार १७:०१ बजे प्रकाशित































