punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेभ हाउसलाई आश्रित महिला तथा बालबालिका स्याहार्न समस्या

Chaupati
safha napa

सेभ हाउस अत्तरियाले ५७ जना बालबालिका तथा महिलाहरुलाई आश्रय दिएको छ । २०७३ सालमा स्थापना भएको सेभ हाउसमा अनाथ, असहाय, टुहुरा, घरबारबिहीन र विभिन्न समस्याबाट जेलिएका बालबालिका तथा महिलाहरु आश्रय लिइरहेको संस्थाकी अध्यक्ष जानकी मलासीले बताइन् ।

आश्रित बालबालिकाहरुको उचित शिक्षाका लागि संस्थाले अत्तरियामा रहेका विभिन्न सरकारी स्कुल तथा केही संस्थागत विद्यालयहरुसंग समन्वय गरी पढाउने व्यवस्था गरिएको उनले बताइन् । ‘संस्थाले आश्रय मात्र दिने होइन पुनःस्थापना पनि गर्छ,’ उनले भनिन्, ‘यस कार्यमा समाज र राज्यका निकायहरुले साथ दिइरहनुभएको छ, अझै हामी साथ, सहयोग पाउने आशामा छौं ।’

उनले सेभ हाउसमै रहेकी एक युवतीलाई ४ वर्षपछि पुनःस्थापना गरिएको बताइन् । कसैलाई पुनःस्थापना गर्न पाउँछ खुशी लाग्ने गरेको उनको भनाई छ । महिला हिंसाको सिकार भएका, घरबाट निकालिएका, बलात्कृत महिलालगायतलाई पनि आश्रय दिँदै उनीहरुको पुनःस्थापना गर्न कानुनी उपचारको प्रयास समेत संस्थाले गर्दै आइरहेको उनले बतायन् ।

गोदावरी नगरपालिकाले हरेक वर्ष संस्थाको लागि केही न केही बजेट हालिदिने गरेको भएपनि संस्थाले आर्थिक अभाव झेल्दै आइरहेको उनको दुखेसो छ ।

समाजसेवी, उद्योगपति विभिन्न दाताहरुको सहयोगबाटनै संस्था चलेको अध्यक्ष मलासीको भनाई छ। असाहय, टुहुरा, अनाथले समाजमा पीडाको जीवन ब्यतित गर्न नपरोस् भनेरनै सेवा भावले महिला तथा बालबालिका सेभ हाउस खोलेको मलासीले बताइन् ।

‘प्रदेश सरकार तथा स्थानीय सरकारले समय समयमा अनुगमन, निरीक्षण गरी संस्थालाई सुझाव, सल्लाह दिएमा त्यो हाम्रा लागि मार्ग निर्देश हुने थियो,’ उनले भनिन्, ‘सञ्चारकर्मीहरुले पनि हाम्राबारे समाचार बाहिर ल्याईदिए संस्थाले गरेका र गर्ने कार्य सबैले थाहा पाउने थिए । संस्थालाई बालबालिका तथा महिलाको क्षेत्रमा प्रभावकारी सेवा प्रदान गर्न थप प्रेरणा मिल्ने थियो ।’

उनले झण्डै ६० जना महिला तथा बालबालिकाको व्यवस्थापन गर्न निकै गाह्रो भइरहेको बताइन् । ‘मानिसलाई एउटा सानो परिवारको ब्यवस्थापन गर्न गाह्रो हुन्छ,’ उनले भनिन्, ‘सेभ हाउसमा ६० जना बालबालिका महिलाहरुको ब्यवस्थापन गर्न साधरण कुरो होइन । धेरै चुनौतीका पहाडहरु छन् ।’


१८ भदौ २०७८, शुक्रवार १६:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु