punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा विद्यालय खोल्ने निर्णय

Chaupati
safha napa

कञ्चनपुरमा पनि विद्यालय सञ्चलन गर्न पाइने भएको छ। शुक्रबार भएको बैठकपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले आदेश जारी गर्दै भदौ १८ गते राती १२ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि भौतिक उपस्थितीमै विद्यालय सञ्चालन गर्न पाउने उल्लेख गरेका हुन्। बालबालिकाका शैक्षिक गतिविधि र अन्य सामाजिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको आदेशमा उल्लेख छ।

सकभर भौतिक उपस्थितीमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गराउन आदेशमा आग्रह गरिएको छ। यदि भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था आए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको भित्र रही सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।

त्यसको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ। स्वास्थ्य मापदण्ड अपनाएको नभेटिए तत्काल विद्यालय बन्द गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा जारी आदेशमा उल्लेख गरिएको छ।

यस्तै अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, सामूहिक रुपमा पूजाअर्चना गर्ने, जात्रा महोत्सव गर्न, भोज भतेर गर्ने जस्ता कार्य गर्न नपाइने आदेशमा उल्लेख गरेको छ । यस अघि कैलाली प्रशासनले पनि यहाँका विद्यालय खोल्ने निर्णय गरिसकेको छ ।

No photo description available.


१८ भदौ २०७८, शुक्रवार १६:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु